अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस ११ मा वडा र माघ १५ मा पालिका अधिवेशन गर्ने नेकपाको निर्णय

पुस ११ मा वडा र माघ १५ मा पालिका अधिवेशन गर्ने नेकपाको निर्णय


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीले वडा र पालिका अधिवेशनको मिति तय गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको बैठकले आगामी पुस ११ गते देशभर एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार पालिका अधिवेशन आगामी माघ १५ गते हुनेछ। स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसअघि नेपाली कम्युनिस्ट पार्टीले मंसिर ११ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, निर्धारित कार्यतालिकाअनुसार तयारीका काम अघि बढ्न नसकेपछि पार्टीले नयाँ कार्यतालिका तय गरेको हो।