अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेविल बैंकले पढ्नलाई १ करोडसम्म ऋण दिने,२० वर्षमा तिरे हुने

नेविल बैंकले पढ्नलाई १ करोडसम्म ऋण दिने,२० वर्षमा तिरे हुने


काठमाडौं – वर्तमान समयमा प्रतिस्पर्धात्मक विश्व श्रम बजारमा टिक्नका लागि उच्च शिक्षा अपरिहार्य बनेको छ । तर, गुणस्तरीय शिक्षाका लागि लाग्ने ठूलो खर्च धेरैका लागि चुनौती बन्ने गरेको छ । यही चुनौतीलाई मध्यनजर गर्दै नबिल बैंकले विद्यार्थीहरूको शैक्षिक यात्रालाई वित्तीय अभावका कारण रोकिन नदिने उद्देश्यले ‘नबिल शैक्षिक कर्जा’ सञ्चालनमा ल्याएको छ ।

नबिल बैंकले विद्यार्थीहरूलाई स्वदेश वा विदेशमा अध्ययन गर्नका लागि अधिकतम १ करोड नेपाली रुपैयाँ सम्मको ऋण सुविधा प्रदान गर्ने भएको छ । यो कर्जाले शिक्षण शुल्कमात्र नभई शैक्षिक परामर्श शुल्क, हवाई टिकट, बसोबास खर्च र विदेशी मुद्रा सटही जस्ता विविध पक्षहरूलाई समेत समेट्न सकिने छ । बैंकले शिक्षण संस्थाको शुल्क संरचनाका आधारमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
विद्यार्थी र अभिभावकको आर्थिक अवस्थालाई ध्यानमा राख्दै बैंकले अत्यन्तै लचिलो भुक्तानी अवधि तय गरेको छ । ऋणीले अधिकतम २० वर्ष सम्मको अवधिमा ऋण चुक्ता गर्न सक्नेछन् । यस कर्जाको अर्को महत्वपूर्ण विशेषता भनेको ‘ग्रेस अवधि’ हो । अध्ययनको समयमा विद्यार्थीलाई आर्थिक दबाब नपरोस् भनेर बैंकले अध्ययन अवधि वा अधिकतम ४ वर्ष सम्मको ग्रेस अवधि प्रदान गरेको छ । जसले विद्यार्थीलाई आफ्नो करियरमा केन्द्रित हुन मद्दत पुर्याउँछ ।

यो ऋण प्राप्त गर्नका लागि आवेदकको उमेर न्यूनतम १८ वर्ष हुनुपर्ने र ऋण चुक्ता गर्दा अधिकतम ७० वर्ष भन्दा बढी हुनु नहुने सर्त रहेको छ । धितोको हकमा बैंकले केही प्राविधिक मापदण्डहरू तोकेको छ । धितो राखिने जग्गामा कम्तिमा ८ फिट चौडा मोटर गुड्ने बाटो हुनुपर्छ । यस्तै, जग्गा गुठी वा मोहीको हक नलागेको र हाई टेन्सन लाइनबाट टाढा हुनुपर्ने प्रावधान छ । धितोको पूर्ण सुरक्षाका लागि लालपुर्जा, नक्सा, चार किल्ला प्रमाणित कागजात र घर भएमा निर्माण सम्पन्न भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।
बैंकले ऋणको सुरक्षा र भुक्तानीको सुनिश्चितताका लागि ऋणीको आम्दानीको स्रोतलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ । तलब, व्यवसाय, घर बहाल, पेन्सन वा वैदेशिक रोजगारीबाट हुने आम्दानीलाई बैंकले मान्यता दिने जनाएको छ । यद्यपी ऋणको मासिक किस्ता ऋणीको कुल मासिक आम्दानीको ५० प्रतिशतभन्दा बढी हुनुहुँदैन । यसले ऋणीलाई भविष्यमा पर्न सक्ने सम्भावित आर्थिक संकटबाट जोगाउन पनि सहयोग पुर्याउँछ ।

नबिल बैंकले यो ऋण स्वीकृत गर्दा ०.७५ प्रतिशत प्रशासनिक शुल्क लाग्ने जनाएको छ। विशेष गरी विदेश जाने विद्यार्थीहरूको हकमा, यदि कुनै कारणवश भिसा अस्वीकृत भएमा, समय अगावै ऋण चुक्ता गर्दा बैंकले कुनै पनि ‘प्रिपेमेन्ट’ शुल्क नलिने जनाएको छ यसले गर्दा विद्यार्थीका लागि ठूलो राहत मिल्नेछ ।

Skip This