जनकपुरधाम-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्।
मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण सिर्जना गरेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताएका हुन्।
तीन दलबीचको समझदारी समाप्त भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिए। उनले नेपाली कांग्रेससँग पनि संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै राजनीतिक समीकरणबारे स्पष्ट निष्कर्षमा पुगिने बताए।
संयोजक दाहालले प्रदेशस्तरमा समेत नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत गर्दै वर्तमान राजनीतिक परिस्थितिअनुसार दलहरूबीच सहकार्य र समन्वयका नयाँ सम्भावनाहरू खुला रहेको धारणा राखे।
संयोजक दाहाल महोत्तरी र धनुषा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन दुई दिनसम्म मधेश प्रदेशमा रहने कार्यक्रम रहेको छ।






प्रतिक्रिया