काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमाले र नेकपाबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तापछि सहकार्यको प्रक्रिया सुरु भएको जानकारी प्रचण्डले दिएको उल्लेख गरेका हुन्।
सचिव बस्नेतका अनुसार प्रचण्डले ओलीसँगको छलफलपछि एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्। यद्यपि, उक्त वार्ता कहिले र कहाँ भएको थियो भन्ने विषयमा उनले कुनै जानकारी दिएका छैनन्।

‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ,’ सचिव बस्नेतले प्रचण्डलाई उद्धृत गर्दै लेखेका छन् ।
सचिज बस्नेतले यो सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउने दिशामा सकारात्मक कदम बन्ने विश्वास व्यक्त गरेका छन्।
‘वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा,’ सचिज बस्नेतले लेखेका छन् ।
सचिज बस्नेतले वाम शक्तिहरूबीचको सहकार्यले देशमा राजनीतिक स्थायित्व कायम गर्न र समृद्धिको यात्रालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन्।







प्रतिक्रिया