अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं जिल्ला अदालत पुगेर रविले बुझे तारेख

काठमाडौं जिल्ला अदालत पुगेर रविले बुझे तारेख


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेका छन्।

सभापति लामिछाने बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका हुन्। उनीविरुद्ध देशका विभिन्न जिल्लामा रहेका सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा दायर भएका थिए।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेपछि रुपन्देही, कास्की र चितवन जिल्ला अदालतमा ती अभियोगसम्बन्धी प्रक्रिया फिर्ता भएको जनाइएको छ। अब उनीविरुद्ध सहकारी ठगीको अभियोग भने अदालतमा विचाराधीन छ।

जीबी राईको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको रकम गएको र त्यसको अपचलन भएको आरोपमा लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दायर भएको हो।

अदालतले लामिछानेलाई काठमाडौंमै विभिन्न अदालतमा रहेका मुद्दाको तारेख बुझ्न सुविधा दिने निर्णय गरेको थियो। सोहीअनुसार उनी शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका हुन्।