अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फर्कियो नेप्सेमा हरियालीः नेप्से १४.१७ अंकले बढ्दा कारोबार रकम ४ अर्ब

फर्कियो नेप्सेमा हरियालीः नेप्से १४.१७ अंकले बढ्दा कारोबार रकम ४ अर्ब


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने १४.१७ अंकले बढेर बन्द भएको छ। यससँगै बजार २७ सय २६ दशमलव ७२ को विन्दुमा बन्द भएको छ। आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १२ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

आज दिनभरिमा कारोबारमा आएका ३३८ कम्पनीको १ करोड कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबारमा आएको छ। आज यस कम्पनीको २८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको २७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, स्नो रिभर्सका लगानीकर्ताले १३.७१ प्रतिशतका दरले कमाएका छन्।

आज सबैभन्दा बढी कुथेली बुखलीका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्।

Skip This