अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई समुह बीचको झडपमा एकजनाको ज्यान गएपछि सुनसरीको देवानगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

दुई समुह बीचको झडपमा एकजनाको ज्यान गएपछि सुनसरीको देवानगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु


सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु र सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कफ्र्यू आदेश जारी गरेको छ । प्रशासनले सुचना जारी गरेर देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार अहिले विहान बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।

कर्फ्यु हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मका तोकिएका सीमाभित्र लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Skip This