अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै, स्थानीयको विरोध

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै, स्थानीयको विरोध


काठमाडौँ-नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ। उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

उद्घाटनपछि निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा निर्माण सम्पन्न भएको यो सुरुङमार्गलाई नेपालको आधुनिक सडक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यता, सुरुङमार्ग उद्घाटन भइरहेका बेला चन्द्रागिरि नगरपालिकामा भने स्थानीय बासिन्दाले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समिति को नेतृत्वमा प्रभावित स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्।

संघर्ष समितिले आकाशे पुलको शीघ्र निर्माण, सडक पेटी फराकिलो बनाउने, आयोजनाबाट प्रभावित स्थानीयलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ। त्यस्तै, जेब्रा क्रसिङ र ट्राफिक लाइटको उचित व्यवस्थापन गर्न तथा फ्लाईओभर निर्माण कार्य तत्काल सुरु गरी त्यसको नाम ‘किसिपिडी फ्लाईओभर’ राख्नुपर्ने माग पनि समितिले गरेको छ।

स्थानीयले विकास आयोजनासँगै प्रभावित समुदायका समस्या र सुरक्षाका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

Skip This