काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन्।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ। यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै, बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबिच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।






प्रतिक्रिया