काठमाडौं-नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।
दुई समुदायबीच उत्पन्न तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि नेता बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन्। घटनामा प्रहरीसहित २१ जना घाइते भएको पृष्ठभूमिमा नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको जवाफदेहिता खोजेका छन्।
उनले गृहमन्त्रीलाई लक्षित गर्दै टीओबी प्रतिनिधि संसद्को रोष्ट्रममा फेरि सुकसुकाउँदै रुने टिप्पणी गरेका छन्।
नेता बास्कोटाले गृहमन्त्रीलाई लक्षित गर्दै संसद्मा भावुक अभिव्यक्ति दिने तर घटनाको जिम्मेवारी नलिने प्रवृत्तिको आलोचना गरेका छन्। नेता बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन्। पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ। बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्–दोष ती मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता भए राजीनामा देऊ।’
कप्तानगञ्ज क्षेत्रमा जारी कर्फ्युका बीच आगजनी र तोडफोडका घटना भएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। स्थानीय प्रशासनले क्षेत्रको अवस्था संवेदनशील रहेको जनाएको छ।
सुनसरी घटनाबारे सरकार र सुरक्षा निकायले विस्तृत छानबिन गर्ने बताएका छन् भने घटनाप्रति राजनीतिक दलहरूले समेत चासो व्यक्त गरेका छन्।
Top of Form
Bottom of Form






प्रतिक्रिया