बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले धौलीगंगा पावरस्टेसनको सिफ्ट सरसफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै दार्चुला जिल्ला प्रशासन कार्यालयको पत्रअनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १६ गते बिहीबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) धौलीगंगा पावरस्टेसनको सिफ्ट सरसफाइका लागि बाँध खोलिने जनाएको हो।
उक्त अवधिमा तथा त्यसपछिसमेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाद्वारा जारी सूचनामा नदी किनार आसपास अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न आग्रह गरिएको छ।







प्रतिक्रिया