अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय

संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय


काठमाडौँ-सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ। 

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका स्थानमा भड्किएको शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बताएका हुन्। 

सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेको छ। नेता आङ्देम्बेले यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरेर अघि बढ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको बताए । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए । उनले भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको छ भन्ने विषयमा दलका नेताहरूले चासो प्रकट गरेको बताए ।