अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेल सँग भेटवार्ता गरेका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठक सम्पन्न भएपछि सभापति लामिछाने असार १३ गते बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

राष्ट्रपति सचिवालयका अनुसार भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था, सुनसरीमा विकसित पछिल्लो घटनाक्रम तथा त्यस विषयमा छलफल गर्न आफूले आह्वान गरेको सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, सामाजिक सद्भाव कायम गर्ने विषय तथा वर्तमान परिस्थितिबारे समेत छलफल भएको जनाइएको छ।