अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी


काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा जारी छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १ बजेदेखि सुरु भएको हो।

हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो। बैठकको सुरुआतमा पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।

बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, विभिन्न तहमा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

बैठकले पार्टीको संगठनात्मक संरचना थप व्यवस्थित बनाउने विषयमा निर्णय लिनुका साथै केही केन्द्रीय सदस्यहरू मनोनीत गर्ने सम्भावना पनि रहेको बताइएको छ। महाधिवेशनपछि पार्टीको भावी कार्यदिशा, संगठन विस्तार र आगामी राजनीतिक कार्यक्रमबारे समेत बैठकमा छलफल हुने जनाइएको छ।