अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहा बढ्यो तनाव, मोटरसाइकलमा आगजनी

सिरहा बढ्यो तनाव, मोटरसाइकलमा आगजनी


सिरहा-सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको घटनाको प्रभाव सिरहामा पनि देखिएको छ। जिल्लाका केही स्थानमा दुई समूहबीच झडप भएको छ भने प्रदर्शनका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी भएको स्थानीय स्रोतले जनाएको छ।

आगजनीबाट मोटरसाइकलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घटनापछि फैलिएको आगो गोलबजार नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ।

क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। तर कर्फ्यु लागू भइसकेपछि पनि केही स्थानमा प्रदर्शन जारी रहेको र स्थिति पूर्ण रूपमा सामान्य भइनसकेको जनाइएको छ।

प्रहरी तथा सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था कडा बनाएका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको छ।