अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

गृहमन्त्री गुरुङ सुनसरी जाँदै


काठमाडौं-गृहमन्त्री सुधन गुरुङ सुनसरीको कप्तानगञ्ज जाने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको छलफलपछि आज बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै गृहमन्त्री गुरुङ सुनसरीतर्फ जान लागेका हुन्।

सुनसरीमा पछिल्ला दिनदेखि उत्पन्न तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा वस्तुस्थितिबारे जानकारी लिन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेको जनाएको छ।

गृहमन्त्री गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता तथा केही सांसदहरू पनि सुनसरी जाने कार्यक्रम रहेको बुझिएको छ। गृहमन्त्री गुरुङ गोली लागी मृत्यु भएका कप्तानगञ्जका ओमप्रकाश मेहताको घर पुगेर  त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ।

सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि तनाव अन्य जिल्लामा समेत फैलिन थालेपछि सरकार उच्चस्तरीय रूपमा परिस्थितिको अनुगमन र समन्वयमा जुटेको छ।