अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोलबजार घटनाको छानबिन गर्न एसपी रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन

गोलबजार घटनाको छानबिन गर्न एसपी रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन


सिरहा-सिरहाको गोलबजारमा भएको घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।

बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको घटनाको छानबिनका लागि एसपी भेषराज रिजालको कमान्डमा छानबिन समिति गठन गरिएको हो।

समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन्।

 समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।
गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेको घटनापछि त्यसको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको हो।