अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशका नेतासँग प्रधानमन्त्री शाहको छलफल

मधेशका नेतासँग प्रधानमन्त्री शाहको छलफल


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मधेश केन्द्रित दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी छन्। बैठकमा शान्ति, सामाजिक सद्भाव र सुरक्षा अवस्थालाई सामान्य बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, रामकेश शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत नेताहरू सहभागी रहेका थिए।

सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा देखिएको तनावलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सरकार सक्रिय रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।