अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराई-मधेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

तराई-मधेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफल पछिल्लो समय तराई-मधेश क्षेत्रमा भएका घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य तथा गजाला शमिम मिकरानीलगायत सहभागी छन्।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा देखिएको अवस्था, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समस्याको समाधानका लागि आवश्यक पहलका विषयमा सांसदहरूको धारणा सुन्ने र सुझाव लिने उद्देश्यले छलफल आयोजना गरेको जनाइएको छ।

यसअघि प्रधानमन्त्री शाहले आजै मधेश केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि छुट्टै छलफल गरेका थिए। पछिल्ला घटनापछि उत्पन्न परिस्थितिबारे सरकार गम्भीर रहेको सन्देश दिन प्रधानमन्त्रीले निरन्तर परामर्शलाई तीव्रता दिएका हुन्।