अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित ३ मुद्दामा अनुसन्धान गर्न ७ दिन म्याद माग

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित ३ मुद्दामा अनुसन्धान गर्न ७ दिन म्याद माग


काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध राज्यविरुद्धको कसुरसहित तीन वटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद मागेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत भक्तपुरमा ७ दिनको म्याद माग गरेको हो। प्रसाईंलाई म्याद थप गर्ने विषयमा अदालतमा बहस भइरहेको छ।

प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित निकोसेराबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अदालतसँग अनुमति मागेको जनाएको छ।

प्रहरीका अनुसार प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत नेपालको सार्वभौमसत्ता वा अखण्डतामा खलल पुग्न सक्ने गतिविधि गरेको आरोप छ। साथै सार्वजनिक शान्तिविरुद्धको कसुर तथा विद्युत्तीय कारोबार ऐन सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले तीनवटै मुद्दामा आवश्यक प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धान प्रक्रिया पूरा गर्न सात दिनको म्याद आवश्यक रहेको भन्दै अदालतसमक्ष माग दर्ता गरेको छ। अदालतको आदेशपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।

 उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन्।

गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए। त्यसबेला दुई जनाको मृत्यु भएको थियो । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेर छुट्दै आएका थिए। यसअघि जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो।