अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टले आज दाबी पेस गर्दै

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टले आज दाबी पेस गर्दै

यो बेला
0
Shares

काठमाडौं-सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दैछन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान ११ बजेसम्मको समय दिएका छन्।

प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। दाबी पेस गरेपछि आजै दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिएका छन्।

भट्टका अनुसार एमालेसँगको परामर्शमा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको छ।

‘बिहान ११ बजे मुख्यमन्त्री नियुक्त हुने जानकारी प्राप्त भएको छ। आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको छ। सत्ता साझेदार दल एमालेसँग सल्लाह गरेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ,’ भट्टले भने।

साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाको भागमा परेको थियो।

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी २२ सिटसहित सबैभन्दा ठूलो दल हो भने नेकपा एमालेका ११ जना सांसद छन्। एमालेको समर्थनमा बहुमत जुटाएर भट्टले सरकारको नेतृत्व लिन लागेका हुन्।