काठमाडौं-कीर्तिपुर नगरपालिका-३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
२०८३ साउन २८ गते प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससःत्वा हस्पिटालिटी प्रालिका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल तथा सञ्चालक–प्रबन्धक सुशान महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षरपछि दुवै पक्षबीच सम्झौतापत्र आदान–प्रदान गरिएको थियो।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ससःत्वा हस्पिटालिटीबाट सेवा तथा सुविधा उपभोग गर्दा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। उक्त छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित सेवा विस्तार गरिरहेको बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।


प्रतिक्रिया