अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो


विराटनगर-नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भदाै ३ गते बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठक जारी रहेकै अवस्थामा कांग्रेसले प्रदेशसभा सचिवालयलाई आफूहरू अब विपक्षी बेन्चमा बस्ने जानकारीसहितको पत्र पठाएको प्रदेशसभा सचिव सुदर्शन खडकाले बताए।

कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन्। मुख्यमन्त्री कार्कीले कांग्रेसलाई सरकारलाई दिएको समर्थन कायम राख्दै विश्वासको मत दिन आग्रह गरेका थिए । तर, कांग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।