अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी


काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकृतका अनुसार लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको आरोपमा प्रसाईंको घरमा खानतलासी गरिएको हो।

लघुवित्त पीडितहरू अहिले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा बसेका छन्। उनीहरूको आन्दोलनसँग प्रसाईंको संलग्नता रहेको आशंकामा प्रहरीले उनको घरमा खानतलासी गरेको जनाइएको छ।

खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरत थापाले गरेका थिए।