अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री थापा मगरले भदौ ७ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री थापा मगरले भदौ ७ मा विश्वासको मत लिने


हेटौँडा-बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले २०८३ भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विश्वासको मतका लागि प्रदेशसभा बैठक आह्वान गरिएको जनाएको छ।

प्रदेशसभा सचिवालयका अनुसार भदौ ७ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँ बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ। बैठकका लागि प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम समय निर्धारण गरेकी हुन्।

प्रदेशसभाका सचिव रामकुमार पौडेलले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्ने जानकारी दिए।

बागमती प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनपछि मुख्यमन्त्री थापामगरले आफ्नो नेतृत्वको सरकारको वैधानिकता पुष्टि गर्न प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। उक्त मतदानले प्रदेश सरकारको आगामी राजनीतिक दिशा र सत्ता समीकरणलाई समेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।