अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो जीवनका दुई दीप हजुरबुबा र हजुरआमा

मेरो जीवनका दुई दीप हजुरबुबा र हजुरआमा


जन्म दिने बुबा-आमा मेरा जीवनका आधार,
तर हजुरबुबा-हजुरआमा, मेरो सम्मानको संसार।
तपाईंहरूको काखमा हुर्किएँ, माया पाएँ अथाह,
आज पनि सम्झँदा आउँछ, आँखाभरि त्यो चाह

ताप्लेजुङका डाँडा अनि, तमोरको त्यो किनार,
संघर्षभित्र हुर्काउनुभयो, देखाउँदै उज्यालो संसार।
दुःखलाई कहिल्यै दुःख नमानी संघर्ष गर्नु भयो,
आफ्नो पसिना बगाई हामीलाई अघि बढाउनुभयो

सिवाँदेखि विराटनगरसम्म संघर्षका ती पाइला,
कहिले अभाव, कहिले पीडा, कहिले जीवनका हेला।
तर सत्य, श्रम र स्वाभिमान छोड्नुभएन कहिल्यै,
सन्ततिको भविष्य सोच्नुभयो, आफूलाई बिर्सिएर सधैँ।

हजुरबुबा, तपाईंको जीवन मेरो प्रेरणाको पाठ,
शिक्षाको ज्योति बाँड्ने तपाईंको कर्म महान् साथ।
त्यही पथलाइ आत्मसाथ गरी पाइला अघि बढाएँ,
तपाईंको सपनालाई पूरा गर्न भनि आफ्नो कर्म बनाएँ।

“नानी, केही गर्नुपर्छ”- त्यो आवाज गुन्जिरहन्छ,
थाकेको मेरो मनभित्र फेरि साहस र उर्जा भरिन्छ।
हजुर, तपाईंलाई आफ्ना कर्म देखाउन सकिनँ होला,
तपाईंको सपना बोकेर हिँडेको मेरो प्रतिबद्धता होला।

हजुरआमा, मेरो जन्मको त्यो पावन दिन,
तपाईंहरूको काखमा थियो नवीन छिन।
हात समाती संस्कारको बाटो देखाउनुभयो,
सुन्दर भविश्यका लागि आशीष दिनुभयो।

त्यो दृश्य आज पनि आँखाभरि झल्किरहन्छ,
समय बिते पनि मनभित्र अझै बल्झिरहन्छ।
सायद त्यो क्षणको मूल्य त्यतिबेला बुझिनँ,
आशिष पालनामा कति पनि डगमगाउदिन।

एक वर्षभित्रै दुई दीप निभे, घर भयो सुनसान,
हजुरआमा टाढा हुनुभयो, अनि हजुरबुबा अनजान।
दुई चोट एकै मनले कसरी सहन कठिन भयो
तर सिकाएको साहसले सम्हालिन सकियो

हजुरआमाको वर्षदिनको धार्मिक कार्य हुदै थियो,
बिरामी हजरबुबा जीवनको संघर्षमा हुनुहुन्थ्यो
बुबा आमाको आशिर्बादको प्रतिफल मैले प्राप्त आयो
विश्वविद्यालयमा उपप्राध्यापकमा नाम सिफारिस भयो,

हजुरआमा, तपाईंको आशीर्वाद बोल्दैछ आज,
मेरो सफलताभित्र तपाईंको माया अनि आवाज।
तर त्यो खुसीसँगै नियतिले फेरि कठोर चोट दियो,
दुई दिनमै हजुरबुबालाई पनि चुडाएर टाढा लग्यो।

प्रकृतिको नियम हो भन्दै आफुलाइ संहालेर,
तपाईंहरूका सपना र संस्कारलाई हृदयमा राखेर,
मेरा जीवनका हरेक पाइलाहरू रोकिने छैनन् ,
तपाईंहरूले देखाएको बाटो कहिल्यै छोड्ने छुइन।

बुबा–आमा, काका–काकीका संघर्ष मेरा मार्गदर्शन,
हजुरबुबा–हजुरआमाको जीवन मेरो प्रेरणाको दर्शन।
फुपु(फुपाजु र बहिनीहरु मेरो साहस बनेका छन्,
तपाईंका अधुरा सपना मेरा जिम्मेवारी बनेका छन्

तपाईंहरू जझ जो जहा जहा भएनी,
आज मेरो कर्ममा हुनुहुन्छ।
मेरो सफलतामा हुनुहुन्छ,
मेरो संस्कारमा हुनुहुन्छ,
मेरी छोरीको मुस्कानमा हुनुहुन्छ,
र मेरो हरेक प्रार्थनामा हुनुहुन्छ

प्रिय, हजुरबुबा–हजुरआमा,
तपाईंहरूको ऋण तिर्न त कति सकुला र ?
तर एउटा प्रण गर्छु-
परिवार प्रति अनादर गर्ने छैन
राम्रो गर्न सकिन भने पनि नराम्रो गर्ने छैन।
अन्त्यमा,
मेरो पहिलो गुरु,
मेरो जीवनका दुई अमर दीप प्रति,
हजुरबुबाको वार्षिक पुण्यतिथिमा
हृदयदेखि नै श्रद्धाञ्जली सहित
अल बिदा

सिंवा ताप्लेजुङ
हाल,जनकपुरधाम