हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत पाएका हुन् ।
मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले ५७ मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गरेका हुन्। १०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्ने थियो।
उनले ५७ मत प्राप्त गरेका हुन्। उनको पक्षमा सत्तारूढ नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले मतदान गरेका छन्। एमालेको २४, नेकपाको २६ र राप्रपाको सात गरी ५७ सांसदको समर्थन प्राप्त गरेका हुन्।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन्।


प्रतिक्रिया