अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको ‘रुलिङ’पछि प्रधानमन्त्री शाहले आज संसदमा साँसदहरुका प्रश्नको जवाफ दिने

सभामुखको ‘रुलिङ’पछि प्रधानमन्त्री शाहले आज संसदमा साँसदहरुका प्रश्नको जवाफ दिने


काठमाडौं – सभामुखको रुलिङपछि प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिने छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई विभिन्न पार्टीका ११ जना सांसदहरुले प्रशन सोध्ने तयारी गरेका छन् ।

बैठकमा प्रधानमन्त्री बालेनले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१-0८२ प्रस्तुत गर्नेछन् ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

सभामुख डोलप्रसाद ९डीपी० अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित हुन भदौ १ गतेको संसद् बैठकमा रुलिङ गरेका थिए ।

उक्त बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका थिए ।