काठमाडौं-रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटबाट १२ जना, धादिङबाट २७ जना र चितवनबाट १०८ जनाको शव फेला परेको छ। त्यसैगरी गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना तथा नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको केन्द्रीय समाचार कक्षले जनाएको छ।
बाढीबाट घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये १४ जना डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी रहेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। यसैबीच, बाढीमा परेर २८ जना प्रहरी कर्मचारीसमेत हालसम्म सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापना कार्य जारी रहेको सम्बन्धित निकायहरूले बताएका छन्।


प्रतिक्रिया