काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार कुकुर तिहारको अवसरमा काठमाडौँको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन्। नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कुकुरलाई टीका तथा माला लगाएर पूजा गर्दै कुकुर प्रतिको माया, सम्मान र संरक्षणको सन्देश दिएका थिए।









प्रतिक्रिया