काठमाडौं-नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् । चाडपर्वको बिदाका समयमा समेत प्रहरीले ताकेता गरेपछि आफू ब्युरोमा उपस्थित भएको उनले बताएका छन् ।
साइबर ब्युरोले सोधपुछका लागि बिहीबार नै शिवाकोटीलाई उपस्थित हुन बोलाएको थियो । उनीविरुद्ध पत्रकार रोशन खड्काले साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ ।
उक्त उजुरीका विषयमा सोधपुछ गर्न ब्युरोले बोलाएपछि शिवाकोटी आज उपस्थित भएका हुन् ।



प्रतिक्रिया