अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढी: सेनाद्वारा ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित

रसुवा बाढी: सेनाद्वारा ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित


काठमाडौं-रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार तथा राहत अभियानलाई तीव्रता दिएको छ। सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत प्रभावित क्षेत्रबाट ४४९ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्। सेनाका अनुसार उनीहरूमध्ये १३ जना भारतीय र चार जना जर्मन नागरिक छन्।

बाढीबाट प्रभावित रसुवासहित विभिन्न जिल्लामा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार, घाइतेको उपचारमा सहयोग तथा राहत सामग्री वितरणको काम गरिरहेका छन्।

नेपाली सेनाले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य निकायसँग समन्वय गरेर उद्धार तथा राहत अभियानलाई निरन्तरता दिएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा अझै खोजी, उद्धार र राहतका गतिविधि जारी रहेका छन्।