अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङमा ठूलो बाढीको जोखिम छैन: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङमा ठूलो बाढीको जोखिम छैन: बाढी पूर्वानुमान महाशाखा


काठमाडौं-भोटेकोशी नदीमा पानीको बहाव बढेको भए पनि रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जनाएको हो।

महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना प्राप्त भएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा नदीको पानीको सतह केही बढेको देखिए पनि बाढीको अवस्था ठूलो नरहेको पाइएको छ।

सोही अवस्थालाई आधार मान्दै महाशाखाले हाललाई रसुवा, नुवाकोट हुँदै धादिङसम्म नदी आसपासका तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

यसअघि भोटेकोशी नदीमा बहाव बढेको र नदी सुसाएको सूचना प्राप्त भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। पछिल्लो अवस्थाले भने तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाले जनाएको हो।