धादिङ-बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ।
स्थानीयका अनुसार आइतबार आएको बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। घर बगाए पनि घटनामा मानवीय क्षति भने भएको छैन।
बाढीका कारण चिरौदी क्षेत्रमा थप जोखिम बढेको छ। त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।


प्रतिक्रिया