काठमाडौं-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन्। उनीमाथि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भन्दै च्याटजिपिटीबाट नक्कली भौचर बनाएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया