अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी : चितवनमा २५९ शव फेला, ९ जनाको मात्रै सनाखत (नामावलीसहित)

भोटेकोशी बाढी : चितवनमा २५९ शव फेला, ९ जनाको मात्रै सनाखत (नामावलीसहित)


काठमाडौँ-रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बगाएर ल्याइएका २५९ जनाको शव चितवनमा फेला परेको छ। नारायणी नदी किनार क्षेत्रमा सुरक्षाकर्मीहरूले हालसम्म २५९ वटा शव सङ्कलन गरेका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा नुवाकोटका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल, रामेछापका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, बाँकेको कोहलपुर नगरपालिका–११ का कविलाल चौधरी, रसुवाको उत्तरगया–१ बेत्रावतीका भुवन थापा मगर, मकवानपुर हेटौँडा–१५ का रमेश मगर, नुवाकोट ककनीका अर्जुन बलामी, कोहलपुर–११ का रमेश थारु, नुवाकोट किस्पाङकी तेरिना गुरुङ तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का पेमा सिंह शेर्पा रहेका छन्। उनीहरूको शव परिवार तथा आफन्तले सनाखत गरेका हुन्।

प्रहरीका अनुसार अझै अधिकांश शवको पहिचान खुल्न सकेको छैन। पहिचान हुन नसकेका शवको व्यवस्थापनका लागि विशेष व्यवस्था गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार चितवनमा फेला परेका ९६ वटा शव देवघाटधाम नजिकको वन क्षेत्रमा गाडेर सुरक्षित राखिएको छ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धार कार्य अझै जारी रहेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। सुरक्षाकर्मी, स्थानीय तह तथा विभिन्न निकायहरू प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनर्स्थापनाका काममा परिचालित छन्।

चितवनमा पहिचान भएका शव

१. प्रसनि रामकाजी पौडेल, ४३ वर्ष, नुवाकोट

२. कविलाल चौधरी, २३ वर्ष, कोहलपुर नपा–११

३.रामहरि खड्का, असई, रामेछाप मन्थली नपा–४

४. भुवन मगर, रसुवा, उत्तरगया–१ बेत्रावती

५. रमेश मगर, मकवानपुर, हेटौँडा १५

६. अर्जुन बलामी, नुवाकोट ककनी

७. रमेश थारु, कोहलपुर–११ बाँके

८. तेरिना गुरुङ, किस्पाङ– ५ नुवाकोट

९. पेमा सिंह शेर्पा, भोटेकोशी गापा–३ सिन्धुपाल्चोक