काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०ः१५ बजे पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
पहिरोका कारण दुवैतर्फ सवारीसाधनको आवागमन ठप्प भएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन उपकरण परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको र करिब आधा घण्टाभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
तिहार मनाउन घर जाने तथा काठमाडौंतर्फ फर्किने यात्रुहरू पहिरोका कारण प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लाम लागेको छ।



प्रतिक्रिया