अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली

रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली


काठमाडौं-रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेकोमा उक्त सुरुङको भित्री भाग (अन्तिम बिन्दु) सम्मै पुगेर खोजी गर्दा पनि कोही नभेटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको बताइएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का  गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ।