अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरुङभित्र बेपत्ता मजदुरको खोजीमा तीन देशका विशेषज्ञ टोली परिचालन: प्रधानमन्त्री शाह

सुरुङभित्र बेपत्ता मजदुरको खोजीमा तीन देशका विशेषज्ञ टोली परिचालन: प्रधानमन्त्री शाह


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र सम्पर्कविहीन भएका कर्मचारी तथा मजदुरको खोजीका लागि भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली परिचालन गरिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको बताए। उनले सुरुङभित्र हराइरहेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन तीन देशका प्राविधिक विशेषज्ञ टोली खटिएको जानकारी दिए।

‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने।

प्रधानमन्त्री शाहका अनुसार भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। केही आयोजनामा ठूलो भौतिक क्षति भएकाले पुनः सञ्चालनमा ल्याउन पर्याप्त समय र ठूलो आर्थिक लगानी आवश्यक पर्ने देखिएको उनले बताए।

सरकारले प्रभावित आयोजनाहरूको क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको र बेपत्ता कर्मचारी तथा मजदुरको खोजीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए।