काठमाडौँ-काठमाडौँको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार आइतबार बिहान ८ः५५ बजे आगलागी सुरु भएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पनि बिहान करिब ९ बजे आगलागी भएको जनाएको छ।
आगलागी भएपछि सुरक्षाकर्मी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
प्रहरीका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । आगलागीको कारण र भौतिक क्षतिको विवरण भने आउन बाँकी छ ।



प्रतिक्रिया