अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बन्यो

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बन्यो


काठमाडौं-सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटर अग्लो ड्याम बनेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनालाई उद्धृत गर्दै बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको जनाएको हो।

महाशाखाका अनुसार खोलामा अझै पनि थप पहिरो खसिरहेको छ। पहिरोका कारण बनेको ड्यामका कारण हुङ्गा खोला तथा दूधकोशी नदीमा जोखिम बढ्न सक्ने भएकाले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म हुङ्गा खोला र दूधकोशी नदीको तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई खोलाको बहाव तथा आसपासको क्षेत्रमा हुने गतिविधिबारे सतर्क रहन र आवश्यक सावधानी अपनाउन भनिएको छ।