अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा उद्धार सहज बन्दै

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा उद्धार सहज बन्दै


काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य सहज बन्दै गएको छ ।

टनेलतर्फ जाने बाटोमा थुप्रिएको बाक्लो लेदो, ढुंगामुढा तथा कंक्रिटका भग्नावशेष एक्स्काभेटर प्रयोग गरी पन्छाउन थालिएपछि उद्धार टोलीलाई टनेलभित्र प्रवेश गर्न सहज भएको हो।

शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो हटाउने काम भइरहेको छ। यससँगै उद्धार टोली टनेलभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धार कार्यमा जुटिरहेको छ। बाढीले थुपारेको ठूलो मात्राको लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै टनेलतर्फ जाने बाटो खुलाइएपछि उद्धारमा उल्लेख्य सहजता आएको उनले बताए।

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउने र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने उद्देश्यले उद्धार टोलीले लगातार भग्नावशेष हटाउने काम गरिरहेको छ।