काठमाडौं-बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त भएका छन्। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालक समिति सदस्य नियुक्त गरेको हो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिश भएका व्यक्तिलाई सदस्य नियुक्त गरिएको जनाइएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्यमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी नियुक्त भएका हुन्।
नवनियुक्त सदस्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा अस्पतालका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंह शपथ खुवाएका हुन्।



प्रतिक्रिया