अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी स्थानमा हुन सक्छ अति भारी वर्षा, हावाहुरीको पनि सम्भावना

आज यी स्थानमा हुन सक्छ अति भारी वर्षा, हावाहुरीको पनि सम्भावना


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ ।

यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानका साथै मधेस प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।

लुम्बिनी र गण्डकी प्रदेशको एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाको पूर्वानुमन छ ।