अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

आज यी प्रदेशमा हुनेछ भारी वर्षा


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका अधिकांश भूभागमा बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै, लुम्बिनी प्रदेशका तराई भूभागका केही, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै तथा कोसी र मधेस प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।