पोखरा- अविरल वर्षापछि कालीगण्डकी नदीको बहाव अत्यधिक बढेको छ । नदीको बहावले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ र गुल्मीको पनि कालिगण्डकी गाउँपालिका १ जोड्ने उक्त पुल राती बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए । ‘पुल बगाएको भन्ने खबर आएको छ । हामी त्यहाँ जाँदैछौं,’ उनले भने । उक्त पुल कालिगण्डकी जलविद्युत आयोजनाको नजिकै रहेको बताइएको छ । अन्य क्षतिबारे कुनै विवरण आएको छैन ।



प्रतिक्रिया