बागलुङ-बागलुङको निसीखोला गाउँपालिका-३ हर्दरामा पहिरोले घर पुरिँदा आमासहित चार जनाको मृत्यु भएको छ।
माथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा घरभित्र रहेका चार जनाको मृत्यु भएको हो। घटनामा ३९ वर्षीया श्यामकुमारी विक, उनका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय छोरा मुकेश विक र ५ वर्षीय छोरा निसन विकको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिए।
उनका अनुसार घरमा पाँच जना रहेका थिए। एक जना भने बिहानै घरबाट बाहिर निस्किएकाले सकुशल रहेका छन्। घरभित्र रहेका चार जना पहिरोमा पुरिएका थिए।
पहिरोको खबर पाएलगत्तै वडा अध्यक्षसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया