मनाङ-मनाङको चामे नजिकै पहिरो तथा लेदोसहितको बाढी खस्दा मर्स्याङ्दी नदी थुनिएको छ। नदी थुनिएपछि ताल बनेको र बहाव बढ्दै गएसँगै जोखिम बढेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो।
‘घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ,’ उनले भने, ‘नदीको बहाव बढिरहेकोले जोखिम पनि बढिरहेको छ।’
नदी थुनिएर पानी जम्मा हुन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै चामे क्षेत्रमा साइरन बजाइएको छ। प्रशासनले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
प्रशासनले नदीको बहाव र अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।



प्रतिक्रिया