अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वरिष्ठ नेताको जिम्मेवारीपछि पहिलोपटक कार्यक्रममा सहभागी भइन् विद्या भण्डारी

एमाले वरिष्ठ नेताको जिम्मेवारीपछि पहिलोपटक कार्यक्रममा सहभागी भइन् विद्या भण्डारी


रूपन्देही-पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि पहिलोपटक एमालेको कार्यक्रममा सहभागी भएकी छन्।

एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका-१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारी सहभागी भएकी हुन्। उनी सोमबार रूपन्देही पुगेकी थिइन्।

स्वागत कार्यक्रममा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गिरधारीलाल न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा नेता लिला गिरीलगायत सहभागी थिए।

एमालेको केन्द्रीय कमिटीले २०८३ असोज ८ गते भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको थियो।

पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि रूपन्देहीमा भएको यो कार्यक्रम भण्डारीको एमालेको कार्यक्रममा पहिलो सहभागिता हो।

यद्यपि, भण्डारी यसअघि पनि एमालेका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी थिइन्। गत जेठमा मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले उनलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो। त्यसबेला उनको पार्टी सदस्यता नवीकरणको विषय विवादमा रहे पनि उनलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो।