अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै


काठमाडौं-मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दैछ। बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस समिति तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने तयारी छ।

बैठकमा प्रशासन र प्राविधिकतर्फका सचिव बढुवाबारे समेत निर्णय हुन सक्ने स्रोतले जनाएको छ। सरकारले प्रशासन र प्राविधिक दुवै क्षेत्रबाट एक-एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको बताइएको छ।

यसअघि नै बढुवा समितिले प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सचिव बढुवाका लागि सिफारिस गरिसकेको छ।

त्यस्तै, प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका छन्।

मन्त्रिपरिषद्ले सिफारिसमा परेका नाममध्ये प्रशासन र प्राविधिकतर्फबाट एक–एक जनालाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

बैठकमा संघीय निजामती सेवा विधेयकसहित प्रशासनिक तथा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।